समचार

नेपाली सामाजिक अभियन्ता बिष्णुमाया अमेरिकाको डाईभर्सिटी सल्लाहकार बोर्डमा नियुक्त

अमेरिका । अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरका मेयर स्टेफन फुलपले एक्सिक्यूटिभ अर्डर जारी गरी नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त गरेका छन् ।
 
१२ सदस्यीय सल्लाहकार बोर्डमा साउथ एशियन कम्यूनिटीबाट परियारलाई नियुक्त गरिएको हो । जर्सी सिटी सहरमा साँस्कृतिक, भाषिक, लैंगिक र क्षेत्रको आधारमा हुने विभेदको अन्त्य गर्न अफिस अफ डाईभर्सिटी तथा ईन्क्लुसनअन्तर्गत सल्लाहकार बोर्ड स्थापना गरिएको जनाईएको छ ।
दुई वर्षको पदावधि रहेको उक्त सल्लाहकार बोर्डको को-चेयारमा काउन्सिल पर्सन एट लार्ज जोएस वाटरम्यान र प्रमुख डाईभर्सीटी अफिसरमा रेगिनाल्ड मेकारीया नियुक्त भएका छन् । मेयरद्वारा नियुक्त गरिएका सल्लहाकार सदस्यहरुमा माईकल काबिली, अलेक्जाण्डर मागालोन, डेभिड ए रोसेन, चिपो साचिरार्वे र डा. बिष्णुमाया परियार रहेका छन् ।
अन्य सदस्यहरुमा एक्सअफिसियो मेम्बर र सिटीको बिभिन्न बिभागका प्रतिनिधिहरु रहनेछन् । डा. परियार ‘एड्वान’ संस्थाकी संस्थापक अध्यक्ष हुन् ।
उनी हाल जर्सी सिटीस्थित केयर पोईण्ट हेल्थ ग्रुप संस्थामा घरेलु हिंसा र साउथ एशियन कम्यूनिटी हेर्ने आउटरिच कोअर्डिनेटर छिन् ।
डा. परियारको संस्था एड्वानले नेपालका दलित र सिमान्तकृत समुदायका महिला र बालबालिकाहरुको सशक्तिकरण र शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप अमेरिकाकै जर्जिया राज्यको लुइसभिल सहरका मेयर ग्रेग फिसरले सन् २०१५ मा सेप्टम्बर २७ तारिखलाई डा. बिष्णु माया परियार डे’ घोषणा गरेका थिए ।
मेयर फुलपले सन् २०१५ को जुलाई २४ मा डा. परियार संस्थापक अध्यक्ष रहेको वोमन फर कज संस्थालाई जर्सी सिटी काउन्सिलबाट नेपालमा गएको महाभूकम्पबाट प्रभावित नेपालीहरुको लागि टिपिएस प्रस्ताव पारित गर्न अहम भूमिका खेलेकोमा सिटी प्रोक्लेमेसनद्वारा कदर गरेका थिए ।

सामाजिक संजाल

© Copyright 2016 Annapurna FM 93.4 MHz | All Rights Reserved.