समचार

रोशनी गुरुङको ‘‘तिमीसँग मेरो नजर’’ गितको म्यूजिक भिडियो सार्वजनिक

उमा आलेमगर
पोखरा, ०१ मंसिर
 
 
 
गायिका रोशनी गुरुङको पहिलो गित ‘‘तिमीसँग मेरो नजर’’ गितको म्यूजिक भिडियोको आज पोखरामा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । फलानो क्रियशनले आयोजना गरेको म्यूजिक भिडियो सार्वजनिक समारोहमा गायक कर्णदास, विनोद वाँनिया, चलचित्रकर्मी माओत्से गुरुङ, संगीतकर्मी श्रीमान् थुलुङ लगायतले संयुक्त रुपमा म्यूजिक भिडियो सार्वजनिक गर्नुभएको हो ।
 
फलानो क्रियशनले निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन अपिल त्रिपाठी, सम्पादन सुवास अमगाई, शब्द संगीत श्रष्टाका बुवा श्याम गुरुङ, संगीत प्रकाश नेपालीको रहेको छ भने छायाङ्कन सरोज अधिकारीले गर्नुभएको छ । म्यूजिक भिडियोमा निराजन प्रधान र सम्पदा वाँनियाको अभिनय रहेको छ । 
 
म्युजिक भिडियोको सार्वजनिक पछि बोल्दै गायक कर्णदासले म्युजिक भिडियो स्तरिय बनेकाले सञ्चारमाध्यमहरुले महत्वपूर्ण स्थान दिनुपर्नेमा जोड दिनुभयो ।
 
गायिका रोशनी गुरुङले आफ्नो पहिलो गित सबैले मन पराइदिनेमा आशावादी रहेको बताउनुभयो ।
 
कार्यक्रममा गायक विनोद वाँनिया, रामभक्त जोजिजु, चलचित्रकर्मी माओत्से गुरुङ, नेत्र गुरुङ, संगीतकर्मी श्रीमान् थुलुङ, गीतका रचनाकार श्याम गुरुङ लगायतले भिडियो स्तरिय बनेको बताएका थिए ।
 
फलानो क्रियशनका प्रबन्ध निर्देशक अपिल त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुवास अमगाईले र सञ्चालन निशा पन्थीले गर्नुभएको थियो ।
 

सामाजिक संजाल

© Copyright 2016 Annapurna FM 93.4 MHz | All Rights Reserved.