समचार

फ्रि फेसबुक चलाउनका लागि आफ्नो फोनमा इन्टरनेट

फ्रि फेसबुक

अब एनसेलमा पाउनुहोस् फेसबुकको टेक्ट भर्जन र फोटो अपलोड फ्रिमा । अनलिमिटेड फोटो अपलोड, लाइक, पोष्ट अनि सेयरको मज्जा लिनुहोस् ।

फ्रि फेसबुक चलाउनका लागि आफ्नो फोनमा इन्टरनेट अन गर्नुहोस् । यदि तपाईं एन्ड्रोइड स्मार्टफोन चलाउनुहुन्छ भने फेसबुकको एपमा गई फ्रि मोडमा क्लिक गर्नुहोस् । iPhone तथा अन्य फोनका लागि *१७११४# डायल गर्नुहोस् । त्यस पश्चात आउने SMS मा प्राप्त हुने लिंकमा जानुहोस् अनि तपाईंको फेसबुक अकाउन्टमा देखिने फ्रि मोडमा क्लिक गरी फेसबुक निःशुल्क चलाउनुहोस् ।

अनलिमिटेड स्टाटस अपडेट, साथीहरुले गरेको पोष्टमा लाइक, कमेन्ट, सेयर तथा फोटो अपलोडको मज्जा लिनुहोस् ।
यदि तपाईंलाई फोटो र भिडियोहरु हेर्नु छ भने तपाईं फ्रि मोडबाट डाटा मोडमा जानुपर्ने हुन्छ । डाटा मोडमा डाटा प्याकबाट भोल्यूम काटिन्छ वा डाटा प्याक नलिएको खण्डमा ट्यारिफ अनुरुप शुल्क लाग्नेछ । सस्तो शुल्कमा डाटा प्रयोग गर्न *१२३# मा गई डाटा प्याक खरिद गर्नुहोस् । अनावश्यक ब्याकग्राउण्ड डाटा खपतबाट सुरक्षित रहन ब्याकग्राउण्ड डाटा डिसेवल गर्न नर्बिसनुहोस् ।

सामाजिक संजाल