समचार

चापाकोटमा निशुल्क स्वास्थ्य शिविर हुँदै

पोखरा, ०२ मंसिर
 
 
 
अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । 
 
क्लवले यहि मंसिर ४ गते शनिबार आफ्नो १०औं बार्षिकोत्सवको अवसर पारेर मेडीकल, स्त्री तथा प्रसुति, नाक, कान घाटी सम्बन्धि निशुल्क शिविर गर्न लागेको हो । शिविरमा निशुल्करुपमा रगत र पिसाबको जाच रिजनल हस्पिटलले गराउने कुरा आयोजकले बताएको छ ।
 
स्त्री तथा प्रसुति सम्वन्धि विशेषज्ञ पश्चिमाञ्चल क्षेत्रिय अस्पताल प्रसुति विभाग तथा रिजनल हस्पिटलमा कार्यरत डा. तारा गुरुङ र डा. लक्ष्मी गुरुङ, बालरोग सम्वन्धि डा. यज्ञराज सिग्देल, मेडीकल सम्वन्धि मनोज कोईराला तथा रामकृष्ण गिरी, नाक÷कान÷घाटी सम्बन्धि डा. आकाशमान भण्डारी आउने कुरा शिविर संयोजक राजु गिरीले जानकारी दिए । 
 
रिजनल हस्पिटलबाट आउने सम्पूर्ण प्राविधिक टोली तयारी अवस्थामा रहेको कुरा रिजलन हस्पिटलका मेनेजर अर्जुन शर्माले बताए । शिविरका लागि जनस्वास्थ्य कार्यालय तथा क्षेत्रिय स्वास्थ्य निर्देशनालयबाट स्वीकृत लिईसकिएको र आन्तरिक कामहरु पूरा भईसकेको कुरा क्लवका अध्यक्ष मोहन बहादुर केसीले बताएका छन् । साथै उनले शिविरमा सहभागि भई लाभ उठाउनको लागि सम्पूर्णलाई अनुरोध गरेका छन् ।
 

सामाजिक संजाल