समचार

मापदण्ड विपरित निमार्ण भएका घर तथा भवन भत्काउने मन्त्री –केसीको चेतावनी

पोखरा २, मंसिर
 
शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले मापदण्ड विपरित निमार्ण भएका घर तथा भवन भत्काउने चेतावनी दिएका छन । 
विहिबार देखि पोखरामा सूरु भएको सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ को उद्घाटन गर्दै मन्त्री केसीले मापदण्ड विपरित जथाभावी घर तथा भवनहरु वन्दा वस्ती भित्र एम्वुलेन्स, दमकल, खानेपानी जस्ता अत्यावसेक सेवाहरु संचालन गर्न कठिन भएकोले मापदण्ड विपरित निमार्ण भएका घर तथा भवनहरु भत्काउने चेतावनी दिएका हुन ।
उनले भने “ जनताको राय सुझाव लियर म अघि बढ्छु, म कुनै राजनीतिक दलको नेता वा पार्टीबाट दवादमा पर्दीन मापदण्ड विपरित निमार्ण भएका घर तथा भवनले हाम्रो कति राम्रा शहरहरु मानव वस्तीका हिसावले जोखिम युत्तछन, यस्ता कुरामा कसैसंग सम्झौता गर्न सकिदैन । ”
भवन आचारसंहिता लागु नहुदा हाल देशै भरी अस्त व्यस्त भएको बताउँदै उनले अब केहि दिन भित्रैमा ३५ दिने सुचना निकालेर मापदण्ड विपरितका घर तथा भवनहरु भत्काउने सरकार अभियानमा लाग्ने जनाए । 
पोखराको अन्तराष्ट्रिय विमानस्थलको काम चीनको एक्जिम बैंकसंग सम्झौता गर्दा ढिलाई भएको बताउदै उनले केहि दिनमै काम सुरु हुने बताए ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्ण अभियान स्वरुप गत वैशाखमै शिलन्यास भएको कुराको ख्याल नगर्दा उनले वोल्ने क्रममा पोखरामा छिटै विमानस्थलको शिलन्यास हुन्छ भनेका थिए । उनले त्यसो भनी रहदा महोत्सव स्थलमा पुगेका दर्शकहरुले मन्त्रीलाई खिल्ली उडाएका थिए । फरक प्रशंगमा उनले अबको केहि दिनमै राजनीतिक निकास निकसकले जनाए । उनले भने “ तराई , मधेष तथा जनजातिका मागहरुको सम्वन्धमा अबको केहि दिनमै निष्कर्षमा पुग्ने गरी  टुंगो लाग्छ । ” केहि पार्टीहरुको सिद्धान्त र दृष्टिकोण फरक भएपनि राष्ट्रिय मुद्धामा आफुहरु एक भएको जनाए ।
नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले देशमा जारी संविधान कान्वयन नहुदा जनताहरुको मुहारमा निरासा छायको बताउदै जनतामा खुसिको वहार ल्याउन चैत्रमा निर्वाचन सहित संविधान कान्वयनको लागि दलहरुलाई आग्रह गरे । पोखरा उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष गोकर्ण कार्कीले संविधान कान्वयन हुन नसक्दा देशमा आर्थिक विकास तिव्र गतिले अघि बढ्न नसकेको गुनासो गरे । 
पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियसन (पोखरा सिटी रेवान) कास्कीका अध्यक्ष केपी शर्मा पाध्याको अध्यक्षतामा सम्पन्न भएको महोत्सव उद्घाटन सत्रमा सांसद शारदा पौडेल, संस्थापक अध्यक्ष चिरन्जिवी श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, लगायतले बोलेका थिए ।
महोत्सवमा ११३७ वटा अण्डाको एउटै अम्लेट वन्ने
पोखरा २ मंसिर
 
नेपाल सम्वत ११३७ को अवसरमा पोखरामा जारी सटी रेवान महोत्सव तथा फुड फेस्टीवलमा ११३७ वटा अण्डाको एउटा अम्लेट पकाईने भएको छ । 
महोत्सवका अण्डा फुलवारी संयोजक सागर लुईटेलका अनुसार महोत्समा आकषर्णको रुपमा मंसिर ११ गते शनिबार उक्त अण्डा एउटै भाडामा पकायर उक्त अम्लेट दर्शकहरुलाई वितरण गरीने छ ।
उनका अनुसार यो सम्भवत नेपालमै पहिलो पटक धेरै अण्डाबाट अम्मेट वनाउने अभियान पोखरामा हुने भएको हो । चितवनमा एक हजारसम्मको अण्डाको अम्लेट पाकेको बताइृन्छ । 
 
 

सामाजिक संजाल