समचार

१४ औं जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता सुरु

पोखरा २, मंसिर
 
 
पोखरामा विहिबार देखि १४ औं संस्करणको जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा
वास्केटवल प्रतियोगिता २०७३ सुरु भएको छ ।
 
कास्की जिल्ला बास्केटवल संघको आयोजना तथा समाजसेवि कर्णेल जेपि क्रसको
मुख्य प्रायोजनमा पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा कास्की
मोडनाईजले विजयी सुरुवात गरेको छ । कास्की मोडनाइृजले छात्र तर्फ भएको
खेलमा मनकामना वोडिङ स्कुललाई २९ को बिरुद्ध ३० स्कोरको झिनो अन्तरले
पराजित गरेको हो । विहिबार विहान भएको छात्र तर्फको पहिलो खेलमा वाल
कल्याणले लिटिल स्टेप उच्च माविलाई २३ को बिरुद्ध २८ स्कोरले पराजित गर्यो
। वाल कल्याणको जितमा रोहित गुरुङले १३ स्कोरको योगदान दिए ।
छात्रा तर्फ भएको पहिलो खेलमा सुजिता गुरुङको ६ स्कोरको मद्धतले ग्लोवल
कलिजियटले वालकल्याण माथि १४–१० को स्कोरले जित दर्ता गर्यो । छात्र
तर्फको अर्को खेलमा सरस्वती बिद्या आश्रमले रेम्बो एकेडेमीलाई १५ बिरुद्ध ३०
स्कोरको फरकिलो अन्तरले पराजित गरेको हो । सरस्वतीको जितमा दशरथ
विष्टले १० स्कोर को योगदान दिए । न्यु इरा एकेडेमीले सेन्ट फेन्सीसलाई ८
को बिरुद्ध २४ स्कोरले पराजित गर्यो । विश्वास थापाको ११ स्कोरको मद्धतले
टप्स उच्च माविले छात्र तर्फको अर्को खेलमा सोसल पव्लिक स्कुललाई १९ को
बिरुद्ध २२ स्कोरले पराजित गर्यो । विहिबारको अन्तिम खेलमा डिफेण्डीङ
च्याम्पियन टप्स उच्च माविले छात्रा तर्फ मनकामना उच्च माविलाई ७ को बिरुद्ध १८
स्कोरले पराजित गरेको हो । सुक्रबार विहानै देखि लिग चरणका खेलहर हुने
भएको संघ कास्कीका सचिव ध्वज कुमार गुरुङले बताए । उनका अनुसार छात्रतर्फ १३
र छात्रा तर्फ भने ११ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता
टिमले १०÷१० हजार, उपविजेताले ६÷६ हजार र तेश्रो हुनेले ४÷४ हजार प्राप्त
गर्ने छन । यसैबिच, मंसिर ६ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको
उद्घाटन समाजसेवि जेपि क्रसले गरे । कार्यक्रममा बोल्दै उनले खेलाडीहरुको
खेलकुदको विकासमा टेवा पुग्ने भयर आफुले मुख्य प्रायोजन गर्दै आएको
जनाए । नेपाल ओलम्पिक कमिटिका सदस्य एवं नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज
गुरुङले खेलकुदको विकास भनेकै निरन्तर प्रतियोगिता आयोजना हुनु पनि एक
भएको बताए । पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले
नेपाली फुटवल खेलाडीहरुले नेपालीहरुको इज्जत विश्व सामु राखेकोे बताए ।
संघ कास्कीका अध्यक्ष नेत्र बहादुर शेनको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।
 
 
 

सामाजिक संजाल