समचार

पोखरामा सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल सुरु , मापदण्ड विपरित निमार्ण भएका घर तथा भवन भत्काउछौं मन्त्री–केसी

पोखरा २, मंसिर 
पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियसन (पोखरा सिटी रेवान) कास्कीको आयोजनामा विहिबार देखि पोखरामा सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ सुरु भएको छ । 
मंसिर १२ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने पाँचौं संस्करणको उक्त महोत्सवको विहिबार एक समारोहका विच शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले उदघाटन गरे । 
महोत्सवमा बैंकीङ, लक्ता कपडा, सुचना प्रविधि, रेष्टुरेण्ट लगायतका एक सय ४ वटा स्टलहरु रहेको पोखरा सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्याले बताए । पर्यटन प्रवद्र्धन एवम् लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत ४ बर्ष देखि निरन्तर रुपमा उक्त महोत्सवलाई आयोजना गर्दै आएको उनले बताए ।
“पर्यटन प्रवद्र्धन संगसंगै” भन्ने नारा सहित आयोजना हुने महोत्सवमा बजार मुल्य भन्दा सहुलियतमा एउटै रेष्टुरेण्टबाट खानाका परिकार पाईने भने पनि केहि मुल्य भने बढी लिएको दर्शकले गुनासो गरेका छन । आयोजकले एउटा रेष्टुरेण्टबाटै पहिले नै मेनु तयारी गरी खानाका परिकारहरु पस्केको पाध्याले बताए । खानाको मेनु समेत सार्वजनीक गरीएको उनले जनाए । 
महोत्सवलाई थप आकर्षण बनाउन अन्तर समाज दोहोरी गीत, ढिडो खाने प्रतियोगिता, पप कन्सर्ट, राष्ट्रिय चर्चित हाँस्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेरसम्मका एकल महिला नृत्य र रत्यौली प्रतियोगिताको आयोजना गरिने पाध्यले जनाए । महोत्सव ८० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि ३९ लाख ८५ हजार खर्च हुने र  ४४ लाख ५५ हजार आम्दानी हुने अनुमान गरिएको महासचिव दिपक तिमिल्सिनाले बताए । महोत्सवबाट बचेको रकमबाट १० प्रतिशत पर्यटन प्रवद्र्धन र पाँच प्रतिशत असहाय बालबालिकाको लागि सहयोग गर्ने उनले जनाए। 
महोत्सवमा निशुल्क सिमकार्ड 
उक्त महोत्सवमा अवलोकन गर्न जाने दर्शकलाई नेपाल टेलिकमबाट प्रदान हुने प्रिपेड मोवाइलको सिम कार्ड निशुल्क प्रदान गरीदैछ । महोत्सवको प्रबेस शुल्क ८० रुपैया रहेको छ भने उक्त सिम कार्डमा ५० रुपैया व्यालेन्स हुने छ । उक्त सिमकार्ड लिनको लागि दर्शकले आफ्नो परिचय खुल्ने नागरीकताको वा कुनै परिचयपत्रको फोटोकपि र पासवोर्ड साइजको फोटो साथमा लैजानु पर्ने छ । महोत्सव उद्घाटनको पुर्व सध्यामा सृजनाचोकबाट विहान झाँकी सहितको र्याली महोत्सव स्थलमा पुगेर उद्घाटन सत्रमा परिणत भएको महासचिव दिपक तिमिल्सिनाले बताए । 
 

सामाजिक संजाल