समचार

पुर्व सांसद हितकाजी गुरुङको दोश्रो तमुवान गीत रेकर्डिङ्ग

पोखरा, १ मंसिर
 
 
पुर्व सांसद हितकाजी गुरुङको दोश्रो तमुवान गीत रेकर्डिङ्ग सम्पन्न भएको छ । 
 
“इमान, जमान र स्भामिान, तिम्रो हाम्रो पहिचान, तमुवान तमुवान...” बोलको गीतमा पुर्व सांसद गुरुङको शब्द—संगीत, सुमधुर स्वरकी चर्चित गायिका माया गुरुङ, गण्डकी तारा ओम गुरुङ, तमुवान साँस्कृतिक अभियानका संयोजक चन्द्र तामाङ मुस्कान र अभियन्ता अविनास तामाङको स्वर रहेको छ । सर्वज्ञमान शाक्यले संगीत संयोजन गर्नुभएको तमुवानको परिचयात्मक पहिचान, अधिकार, स्वाभिमानसँग सम्बन्धित गीतको हस्पिटलचोकस्थित भकारी पर्फेक्ट स्टुडियोमा रेकर्डिङ्गगरिएको हो ।  
 
उक्त गीत रेकर्डिङ्गका लागि तमुवान संघर्ष समिति युकेले सहयोग गरेको छ । तमुवान गीत रेकर्डिङ्गका लागि तमुवान संयुक्त संघर्ष समितिले विशेष पहल गरिरहेको छ । ३५ वर्ष राजनीतिक जीवन व्यतित गर्नुभएका बहुप्रतिभाशाली व्यक्तित्व, पुर्व सांसद गुरुङको आस्थाको राजनितीक पार्टी समेत पहिचान विरोधी बनेपछि पहिचान, अधिकारसहितको तमुवानका निम्ती साँस्कृतिक अभियान मार्फत जनजागरणका लागि करिब आधा दर्जन तमुवान गीत लेख्नु भएको बताउनु भएकोछ । उहाँले लेख्नु भएका गीतहरुलाई एल्बमकै रुपमा प्रस्तुत गर्नका लागि तमुवान संयुक्त संघर्ष समितिले पहल गरिरहेको संयोजक हुमबहादुर गुरुङले बताउनुभयो । 
 
उक्त गीतहरु रेकर्डिङ्गले तमुवान साँस्कृतिक जागरण अभियान सहज हुने साँस्कृतिक संयोजक चन्द्र तामाङ मुस्कानले बताउनुभयो । पुर्व सांसद गुरुङको शब्द संगीतमा केही दिन अघि “तिम्रो र मेरो, हामी सबैको साझा घर तमुवान” बोलको पहिलो तमुवान गीत रेकर्डिङ गरिएको छ । उक्त गीतमा सर्वज्ञमान शाक्य, रुबी गौली, चन्द्र तामाङ मुस्कान र अविनास तामाङले स्वर दिनुभएको छ । 
 

सामाजिक संजाल