समचार

मिसेस गण्डकी प्रतियोगिता

पोखरा, १ मंसिर
 
 
गोस्पेल मल्टिमिडिया प्रालिले ‘मिसेस गण्डकी’ आयोजना गर्ने भएको छ । विवाहित महिलाहरुलाई मञ्च प्रदान गर्न र उनीहरुका अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न आयोजना गरिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो । 
 
प्रतिस्पर्धीको मंसिर २५ गते अडिसन गरिने प्रालिका अध्यक्ष निरु पुनले जानकारी दिइन् । ‘प्रतियोगितामा अडिसनबाट ३० जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिनेछ,’ उनले भनिन, ‘अन्तिम प्रतिस्पर्धा पुस २३  गते शनिबार पोखरा सभागृहमा हुनेछ । ’ प्रतियोगितामा मिस नेपाल २००० को विजेता उषा खड्गीले कोरियोग्राफी गर्ने बताइएको छ । 
 
प्रतियोगितामा विजेताले स्कुटर, क्राउन, फस्ट रनरअपले नगद ३० हजार, क्राउन र सेकेन्ड रनरअपले नगद २० हजार, क्राउन र अन्य गिफ्ट ह्याम्पर पाउने पुनले बताईन् । प्रतियोगिताको सव टाइटलमा मोस्ट ट्यालेन्ट, पर्सनालिटी, बेस्ट स्किन, बेस्ट हेयर, बेस्ट स्माइल, फोटोजेनिक र पपुलरमा पुरस्कार दिइने म्यानेजिङ डाइरेक्टर विशाल गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्नको लागि १२ लाख ८० हजार २० रुपैयाँ अनुमानित खर्च लाग्ने प्रालिका उपाध्यक्ष प्रतिक ठकुरीले बताए ।  
 

सामाजिक संजाल