समचार

पोखरामा राष्ट्रिय स्तरको लोकनृत्य प्रतियोगिता हुने, प्रथमलाई एक लाख, नृत्यनिर्देशकलाई स्कुटर

 
सन्देश श्रेष्ठ
पोखरा, ३० कात्तिक
 
 
पोखरामा राष्ट्रिय स्तरको लोकनृत्य प्रतियोगिता हुने भएको छ । अनुशिलन कला पाठशाला पोखराको आयोजना तथा अनुशिलन परिवार युएईको मुख्य प्रायोजनमा आगामी पुष २ गते प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुने समूहले एक लाख नगदसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजक अनुशिलन कला पाठशाला पोखराले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगितामा सर्वोत्कृट नृत्य निर्देशकलाई एक थान स्कुटर प्रदान गरिने कार्यक्रम संयोजक गोरे गुरुङले जानकारी दिए ।
 
 
बिना भोटिङ निर्णायकको निर्णयको आधारमा हुने प्रतियोगितामा द्वितीय हुने समूहलाई पचास हजार, तृतीय हुनेलाई पच्चीस हजार तथा सान्त्वना हुने तीन समूहलाई दश÷दश हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने भएको छ । यसैगरी उत्कृष्ट पाँच नृत्य निर्देशकलाई पनि दश÷दश हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए ।
 
 
प्रतियोगितामा सहभागि हुन चाहने समूहले दुइ हजार पाँचसय रुपैयाँ तिरेर फारम भर्नुपर्नेछ । फारम प्रत्यक्ष तथा अनलाइनमार्फत पनि भर्न सकिने आयोजकले जनाएको छ । फारम भरेका मध्ये नजिकका क्षेत्रकाले प्रत्यक्ष आएर अडिसन दिन पाउने र टाढाकाले इमेलबाट आफ्नो अडिसन राउण्डका लागि नृत्य भिडियो बनाएर पठाउन सकिने आयोजकको भनाई छ । अडिसनका लागि बलगकजष्बिलण्ठ२नmबष्।िअयm मा भिडियो पठाउनुपर्ने आयोजकले बताएको छ । प्रतियोगितामा सहभागि समूहलाई बाटो खर्चसहित खाने बस्ने सुविधा आयोजकले प्रदान गर्नेछ । प्रतियोगितामा सहभागि हुन हालसम्म २६ समूहले नाम टिपाएको गुरुङले जानकारी दिए । प्रतियोगितामा सहभागि हुन चाहनेले एक समूहमा ५ जनादेखी १६ जनासम्मको समूह बनाएर आउनुपर्ने आयोजकको शर्त छ ।
 
 
प्रतियोगिताको अडिसन राउण्ड यहि मंसीर १७ गतेबाट पोखरा सभागृहमा गरिने कार्यक्रम संयोजक गुरुङले बताए ।
 
 
प्रतियोगिताको निर्णायकमा सात प्रदेशबाट एक÷एक जना नृत्यका विज्ञ छनौट गरिने उनले बताए ।
 
 
प्रतियोगिताको फाइनल प्रतिष्पर्धाका दिन पुष २ गते संस्कृति, संगीत र नृत्य बिधामा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने पोखरेली श्रष्टाहरु पद्मराज ढकाल, धनबहादुर गायक र बुद्धि गुरुङ ‘गौरी’लाई नगद ५१÷५१ हजारसहित सम्मानपत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।
 
 
प्रतियोगिता सम्पन्न गर्न करीब १५ लाख ५० हजार लाग्ने अनुमान गरिएको र हालसम्म १४ लाख संकलन भइसकेको संयोजक गुरुङले जानकारी दिए । फाइनल प्रतिष्पर्धा हेर्न जाने दर्शकले एक हजार र तीन सयको टिकट काट्नुपर्ने उनले बताए ।

सामाजिक संजाल