समचार

पोखरा अल्टा लाइट विमान भेटियो

 
पोखरा, २८ कार्तिक 
 
 
 
विगत १५ महिना देखि वेपत्ता पोखरा अल्टा लाइट विमान भेटिएको छ । पोखरा देखि उत्तर तर्फ कास्कीको  माछापुच्छ्रे गाविसमा ११ हजार ९ सय ५१ फिटको उचाइमा दुर्घटना ग्रस्त स्थितीमा उक्त विमान फेला परेको हो । 
 
दुई जना चालक सहित पोखरा विमान स्थलवाट पोखरा दृष्यवलोकनका लागि उडेको विमानमा रसियन पाइलट भेलारी भुटिन सहित साउथ अफ्रिकन महिला पर्यटक एलिजाबेद रहेकी थिइन । लामो समय देखि आर्मीको हेलिकप्टर बाट १३ घण्टा, निजि हेलिकप्टर बाट ६ घण्टा तथा अल्ट्रालाइट बाट १४ घण्टा खोजि गर्दा समेत हराएको अल्ट्रालाइटको पत्ता लाग्न सकेको थिएन ।
 
खोजीको क्रममा रहेको उक्त विमान नदीको वगर जस्तो ठाउँमा अगाडीको चक्का, फुटेको विमानको भाग, फुटेको क्यामेरा, हाड खोर समेत फेला परेको पोखरा नागरिक उड्ययन कार्यालयका निर्देशक भोला प्रसाद गुरागाइले वताए । 
 
शनिवार इएर डाइनेष्टीको हेलीकप्टरबाट सो स्थानमा खिचिएको भिडियोमा बिमानको टुक्रा देखिएको आशंका लागेपछी आज खोजि गर्दा दुर्घटना ग्रस्त अवस्थामा भेटीएको पोखरा अल्ट्रालाइटका संचालक मध्येका एक पोम नारायण श्रेष्ठले बताए। घटनाको मुचुल्का तयार गरि विमानका पार्ट पुर्जा र हाड खोर पोखरा विमानस्थलमा ल्याइएको छ ।
 

सामाजिक संजाल