समचार

मैत्रि पुर्ण क्रिकेटमा नेपाल टेलिकम माथि खेलकुद पत्रकार मञ्च विजयी

पोखरा, २७ कात्र्तिक
 
 
नेपाल टेलिकम पोखरा शाखा र नेपाल खेलकुद पत्रकार मंच समन्वय शाखा, कास्की विच शनिबार पोखरामा सम्पन्न भएको मैत्रि पुर्ण क्रिकेट खेलमा पत्रकारको समुह विजयी भएको छ । 
पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा सम्पन्न खेलमा मञ्चले टेलिकम माथि झिनो ३ रनको अन्तरले जित हासिल गरेको हो । टस हारेर व्याटिङको निम्तो पाएको मंचले १३ ओभरमा सवै विकेट गुमाउँदै ५४ रनको योगफल तयार पार्यो । ५५ रनको लक्ष्य पाएको टेलिकमले १२.३ वलमा नै अल आउट हुदै ५१ रनमा समेटियो । 
ट्वान्टी ट्वान्टी मैत्रिपुर्ण क्रिकेट खेलमा मंचको जितमा विनोद लामिछानेले सर्वाधिक १७ रनको योगदान दिए भने सुनिल पौडेलले ११ रनको योगदान दिए । मंचका गणेश पौडेल भने शुन्य मा आउट भए भने उमेश पुन नट आउट रहे । टेलिकम को तर्फ वाट माधव खत्रीले सर्वाधिक ५ विकेट लिए । मञ्चको तर्फबाट लोकेन ढकालले ५ विकेट लिए । सुनिल पौडेलले ३ र गणेश पोडेलले २ विकेट लिए । यता टेलिकमका माधब खत्रीले १६ रनको जोडे । 
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै मंचका सल्लाहाकार एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष राम कृष्ण ज्ञवालीले यस प्रकारका मैत्रीपुर्ण खेलले पत्रकारहरुलाई खेल पत्रकारीताको राम्रो ज्ञान दिलाउने बताए । कार्यक्रममा नेपाल टेलिकम पोखरा शाखाका निमित्त प्रमुख राजेन्द्र कुमार दाहाल, गाएक प्रमोद खरेल, टेकिमका व्यापार अधिकृत राजेश रेग्मी, जिल्ला क्रिकेट संघ कास्कीका सचिव संजयकान्त सिग्देल, टेलिकमका टिम क्यापटेन शकर थापा र मंचका टिम क्याप्टेन मन क्षेत्रीले खेलकुदको विकास बजार प्रवद्र्धनको लागि मैत्रि पुर्ण खेल आवश्यक भएकोमा जोड दिए । नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठकको अध्यक्षतामा कार्यक्रम भएको हो । 
 
 
 

सामाजिक संजाल